Sunya SamayaNepali Online News Portal

Category: राजनीति

सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा गर्नु भएको हो

06/24/2023

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीको अवको अभियान मिसन १ सय ५० रहेको वताउनु भएको छ । आज सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा गर्नु भएको हो । उहाले २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभामा एक सय ५० सीटको वहुमत ल्याएर सरकार वनाउने नेकपा एमालेको अभियान भएको प्रष्ट […]

नेकपा एमाले, प्रदेश स्तरीय प्रचार भेला आज लालवन्दीमा हुदै

06/24/2023

नेकपा एमाले, मधेश प्रदेश स्तरीय प्रचार भेला आज सर्लाहीको लालवन्दीमा हुदैछ । भेलामा नेकपा एमालेसँग सम्वन्धित प्रचार र संचार माध्यमका १ सय ५० भन्दा वढिको सहभागिता रहने प्रदेश प्रचार विभाग सचिव चूडामणि वाग्लेले जानकारी दिनुभयो ।बस्तिपुर चोक स्थित होटल आर्या इनमा आयोजना गरिएको भेलालाई पार्टी केन्द्रीय सचिब एबं मधेस प्रदेश ईन्चार्ज क. योगेश भट्टराई, पार्टी […]

हरिवन र लालवन्दीमा मदन–आश्रित स्मृति दिवस मनाएको छ

05/18/2023

वुधवार साँझ सर्लाहीको हरिवनमा मदन–आश्रित स्मृति दिवस मनाएको छ। नेकपा एमाले, ३ नम्वर क्षेत्रीय समन्वय कमिटीको आयोजना र मदन भण्डारी स्पोट्स एकेडेमीको व्यवस्थापनमा श्रद्धान्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको थियो ।हुरिवतासकै वीच मदन भण्डारी र जीवराज आश्रितको तश्वीरमा माल्यार्पण गरेपछि पनि पानी रोकिएन, उनीहरुले केही ओत खोजेर दीप प्रज्वलन गरे । एकेडेमीका अध्यक्ष अनिल हमालको […]

एमालेले गर्यो ग्रासरुटको जिल्ला स्तरीय समिक्षा एवम् प्रशिक्षण कार्यक्रम

03/25/2023

मिसन ग्रास रुट कार्यक्रम अन्तर्गत नेकपा एमाले सर्लाहीले शनिबार लालबन्दीमा जिल्ला स्तरीय समिक्षात्मक भेला गरेको छ ।पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षता एवं केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको प्रमुख आतिथ्यतामा लालबन्दी ६ स्थित मदन–आश्रीत स्मृति प्रतिष्ठानको भवनमा पार्टी सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत समिक्षा तथा प्रशिक्षण कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा […]

सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

11/25/2022

सर्लाही–३ मा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार […]

सर्लाही ३ (क) मा कुशवाह र (ख) मा निवर्तमान सांसद यादव बिजयी

11/24/2022

सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाह विजयी भएका छन । कुशवाहले १ हजार ४३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरे । कुशवाहले १६ हजार ५९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १६६ मत मात्र प्राप्त गरे ।यस्तै तेस्राे स्थानमा देखिएकाे नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेद्वार डिल्ली प्रसाद […]

सर्लाही क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित

11/23/2022

सर्लाहीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठवन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्ति कुमारी लामाले ६ हजार ९७५ मत पाउनुभयो । प्रदेशसभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत […]

नेकपा (बहुमत)का जिल्ला ईन्चार्जसहित चार जनालाइ प्रहरीले पक्रियो

11/18/2022

लालबन्दी, राजेश पाठक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेजीको माग सहित बिरोधका कार्यक्रम गरिरहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो नेकपा (बहुमत)का कार्यकर्तालाई सर्लाहीको हरिवनबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पार्टीको नवौँ महाधिवेशन आयोजक समिती सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज बिचारमान थिङ (निर्माण), राष्ट्रिय स्वयम् सेवक नेपालका […]

कांग्रेस नेता श्रेष्ठलाई पुनः कारवाहीको सिफारिस

11/11/2022

लालबन्दी । नेपाली कांग्रेसको सर्लाही क्षेत्र नं. १ समितिले पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई कारवाहीको सिफारिस गरेको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधि श्रेष्ठले क्षेत्रीय कार्य समितिको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा सरिक भएको आरोप लगाउँदै दोस्रो पटक कारवाहीको सिफारिस गरिएको हो […]

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

11/10/2022

काठमाडौं | नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । काठमाडौं क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा आज बिहान काठमाडौं-१० स्थित सुवर्ण पार्क जोगीकुटीमा माल्यार्पण कार्यक्रम गरिएको छ । कार्यक्रममा गणेशमान पुत्र एवम् नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र […]

Older →