सरकारले आज सार्वजनिक बिदा दिएको छ। आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।









प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login