सर्लाही : निर्वाचनको समयमा आलोपालो गरी नियमित विद्यालय सञ्चालन गर्नुपर्नेमा सर्लाहीका कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालय बन्द गरी भोट माग्नमा व्यस्त भएका छन्।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ कविलासीस्थित श्री प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर यादव बिना सूचना विद्यालय बन्द गरी सर्लाही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महिन्द्र राय यादवको हरिपुर्वामा आयोजित चुनावी सभामा सहभागी भए ।

बिना सूचना विद्यालय बन्द गरेपछि विद्यालय पुगेका विद्यार्थी विद्यालयको मूल गेटमा ताल्चा लागेको देखेर घर फर्केका थिए। सोमबार विद्यालयमा कुनै बिदा नदिएको पर्सा गाउँपालिकाले जनाएको छ।
निर्वाचनको समयमा आलोपालो गरी नियमित रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए। थाहा खबरबाट









प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.