मुख्य सामग्रीमा जानुहोस्
९ मंसिर २०८३, बुधबारबिहान ३:०८
ताजा अपडेट

माओवादी केन्द्रद्वारा सर्लाहीका नेता यादव निष्कासित

शेयर००
Listen to this article
1 min listen · 130 words0:00 / 1:00
0:00
1:00

लालबन्दी : नेकपा माओवादी केन्द्रले सर्लाहीका नेता तथा पूर्वसांसद शिव पुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

माओवादी मधेश प्रदेश ईन्चार्ज गणेश साहले पार्टीका प्रदेश सदस्य यादवलाई कारबाही गरेको विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिनिधिसभामा छोरी र प्रदेशसभामा भतिजा सहित अन्य सदस्यलाई बागी उम्मेदवार बनाएकाले उनलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरेको साहले बताए ।

पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको, पार्टीले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हालसम्म नदिनु भएकोले नेता यादवलाई कारबाही गरिएको माओवादी मधेश ईन्चार्ज साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेता यादवले छोरी मधुमाला कुमारीलाई सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेदवार हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in