मुख्य सामग्रीमा जानुहोस्
९ मंसिर २०८३, बुधबारबिहान ३:२३
ताजा अपडेट

सर्लाहीमा मतगणना हुँदै, दुइ क्षेत्रमा माओवादीको अग्रता

शेयर००
Listen to this article
2 min listen · 174 words0:00 / 2:00
0:00
2:00

सर्लाही मंसिर, ६ सर्लाहीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना भैरहेको छ । माओवादीले क्षेत्र नम्बर २ र ३ मा अग्रता लिएको छ । क्षेत्र २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवले १ हजार ८२५ मत प्राप्त गरी अग्रता लिएको छ, भने लोसपाका राजेन्द्र महतोले १ हजार १३१ मत ल्याइ उनलाइ पछ्याइ रहेको छ भने नेकपा एमालेका राजनारायण साहले ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै क्षेत्र ३ मा माओवादी केन्द्रका नरेन्द्र साहले ४ हजार ४६१ मत प्राप्त गरी अग्रता लिएको छ भने नेकपा एमलेका हरी प्रसाद उप्रेतीले ३ हजार ३५७ मत प्राप्त गरी उनलाइ पछ्याइ रहेका छन् । क्षेत्र–१ मा लोसपाका राम प्रकाश चौधरी ३ हजार ७०३ प्राप्त गरी अग्रता लिइरहेको छ, भने उनलाइ स्वतन्त्रका मानबहादुर खड्काले ३ हजार ५६३ मत प्राप्त गरी पछ्याइरहेका छन् । जसपाका प्रमोद साह २ हजार ६३३ मत प्राप्त गरेका छन् । क्षेत्र ४ मा पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका अमरेश कुमार सिंहले २हजार २५८ नेपाली काागेसका नागेन्द्र राय २ हजार २५३ र स्वतन्त्रकै मधुमाला यादवले १ हजार ६३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login