हरिवन – राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिको नेतृत्व चयन अन्तर्गत हुन गईरहेको निर्वाचनमा सर्लाहीका सहकारीकर्मी बाबुराम घिमिरेले पनि उम्मेदवारी दिएका छ्न् ।उनको उमेदवारी परेसगै सहकारी क्षेत्रमा नया तरग आयको छ।सहकारी बैंकलाई अभियान कर्ता घिमिरे जतिको व्यक्ति चाहिन्छ भन्ने जमात बाक्लो छ। घिमिरेलाई सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले साथ दिनुभएको छ।
भोली पुस १६ गते हुने बैंक सञ्चालक समितिको निर्वाचनमा सगुन शिक्षा सहकारी संस्था हरिवनबाट प्रतिनिधित्व गर्दै घिमिरेले सञ्चालक समिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।घिमिरे सगुन शिक्षा सहकारीका संस्थापक अध्यक्ष हुन् । उनले हरिवनमै रहेको सगुन बचत तथा ऋण सहकारीको समेत संस्थापक अध्यक्षको रुपमा करीब २० वर्ष नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा सगुन बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशमा पटक(पटक उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।
घिमिरे सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघको पनि अध्यक्ष हुन् । समाजका हरेक क्रियाकलाप सहकारी मार्फत गर्नुपर्छ भन्ने मान्यताका घिमिरेकै नेतृत्वमा सगुन शिक्षा सहकारी स्थापना भई मधेस प्रदेशकै नमुना मावि तहको सगुन शिक्षा विद्यालय संचालन भईरहेको छ । आफू सञ्चालक समिति सदस्यमा निर्वाचित भए बिचलितमा रहेका सहकारीहरुलाई एकीकरण गर्ने र समस्या ग्रस्त सहकारीहरुको पहिचान गरि त्यसका समाधानका उपायहरु अबलम्बन गर्ने अनि विभिन्न अभियान मार्फत संस्थाहरुको सुढृढिकरण गर्ने जस्ता कामहरु सुरुवात गर्ने घिमिरेको प्रतिवद्दता रहेको छ ।









प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead