शुन्य समय​

जिल्ला अधिवेशनको तयारीमा एमाले : सबै पालिकामा प्रतिनिधि छनोटआज एकै दिन

नेकपा एमालेले सर्लाहीको ९ औ अधिवेशनका लागि आज एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ । सर्लाहीको सदरमुकाम मलगवामा हुने जिल्ला अधिवेशनका लागि जिल्ला भर एकै दिन करिब ४९३ प्रतिनिधि छनोट हुने जिल्ला उपाध्यक्ष बिदुर कुमार प्याकुरेलले जानकारी दिएका छन । प्याकुरेलका अनुसार वडा स्तरबाट ३९४ जनाको उपस्थिति रहने छ भने विभिन्न जनसगठन बाट ६० जना र आयोजक बाट १५७ र ५ प्रतिशत मनोनीत गरि जम्मा ६५० को हाराहारी प्रतिनिधि रहने उपाध्यक्ष प्याकुरेलले बताएका छन।मलगवामा हुने अधिबेशनलाई नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने छ। उघाटनम सत्रमा करिब २० हजार नेता कार्यकर्ताको उपस्थिति रहने प्रचार विभाग प्रमुख गिता नाथ मैनालीले ( केदार ) जानकारी दिएका छन ।मैनालीका अनुसार यो गर्मीयाम भएकाले पाटिकार्यालयको छेउमा रहेको फुलबारी बगैंचामा उद्घाटन राखीएको बताएका छन।

प्रतिक्रिया