शुन्य समय​

प्रत्येक पालिकास्तरमा २०० बिद्यार्थी अट्ने छात्रावास बनाउछु- महेश बर्तौला

हेटौंडा | नेकपा एमालेको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं.२ को युवा उम्मेदवार महेश बर्तौलाले आफ्नो क्षेत्रको प्रत्येक गाउँपालिकामा २०० बिद्यार्थी अट्ने छात्राबास बनाउने बताएका छन् ।
एमाले हेटौंडा उपमहानगरपालिका वडा नं.१ को बैठकमा उक्त कुरा बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्र मकवानपुर २ मा ९,१०,११, १२ पढ्नको लागि घण्टौ लगाएर बिधालय पुग्नु पर्ने बाध्यता छ । धेरै बिद्यार्थीहरु यहि समस्याका कारण पढाइ छाड्नु पर्ने बाध्यता छ । यसको समाधानका ललागी प्रत्यक पालिकास्तरमा २०० बिद्यार्थी अट्ने छात्रावास बनाउने बताए ।

सडक संजालको बिकास र पुर्वाधार बिकास गरेर चेपाङ्गका छानोमा फलेका घिरंला नारायणघाटको बजार पुराउनेछु र चुलोको समृद्धि लेराउनेछु । आर्थिक समृद्धि मार्फत सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्नेछु भन्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने “जनप्रतिनिधि शासक होइनन, नागरिकका सेवक हुन् भन्ने भावलाई बोकेर म काम गर्छु । काँग्रेसिहरुका घरमा चारतारे झण्डा छ, बिहान उठेर जय नेपाल भन्छन् तर भोट हाल्न आफ्ना उम्मेदवार छैनन् । माओबादिहरुको पनि उम्मेदवार छैनन् । म माओबादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा जनताको बिचमा आएकोछु ।” “युवाहरुको श्रमलाई उत्पादन संग जोड्नेगरी काम गर्नेछु ।”

उनले बोल्ने क्रममा मकवानपुरको बेजोड उपस्थिती हुनेगरी मेरो भुमिका संसद भवनमा रहनेछ । घरको टिभी खोल्दा मकवानपुरे जनताले गौरवान्वित भएको महसुस गर्नुहुनेछ । २० बर्ष संसद भै सकेर सिन्को नभाचेकाले यो बिर्वाचन जितिहाले भने सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकंक्षा पूरा नहुने बताए ।

बैठकमा बोल्ने क्रममा नेकपा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य तथा भीमफेदी गापा निबर्तमान उपाध्यक्ष पार्बती रानाले महेश बर्तौलाले चुनाब जित्दा बिरोध खतिवडा जसरी सुतेर बस्नुहुन्न ।
अघिल्लो पटक चुनाब प्रचारमा बिरोध खतिवडासंग जाँदा मलाइ लाज लाग्यो । उनी भट्टी देख्ने बितिकै रक्सी खाने र फुर्सद हुने बितिकै चुरोट खाएर हिड्ने हुनाले हामी उनको नजिक बस्न पनि लाज लाग्ने कुरा बताउनु भयो ।

बैठक पार्टी वडा कमिटी अध्यक्ष उत्तम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वागमती प्रदेश कमिटी उपसचिव तथा , प्रतिनिधि सभा उम्मेदवार मकवानपुर क्षेत्र न २ महेश बर्तौला थियो भने अतिथिहरु मेम्बर लो , पार्वती राना, उत्तम न्यौपाने ,किशन घिसिङ र आशिष  अस्लामी रहेको थियो ।

प्रतिक्रिया