२०८२ जेष्ठ २४
२०८२ जेष्ठ २४

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेकाे कामको विवरण

हेटौंडा : धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।
उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपें
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।