शुन्य समय​

गजल – उस्तै लाग्छ

शब्द र धुन मलाई उस्तै उस्तै लाग्छ,
सयपत्री र सुन मलाई उस्तै उस्तै लाग्छ,

अँध्यारो मै लुक्ने बानि परेछ अचेल,
घाम र जुन मलाई उस्तै उस्तै लाग्छ ।

चित्तको भित्तामा घाँउको माला उनेर होला,
बेचैन र सुकुन मलाई उस्तै उस्तै लाग्छ ।

दुवैले खाएर सिध्याउने नै हो एकदिन,
घोकेबाज र घुन मलाई उस्तै उस्तै लाग्छ ।


✍️ संसार अधिकारी, रानिगञ्ज सर्लाही ।

प्रतिक्रिया