शुन्य समय​

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा मनहरी-५ न. वडा कार्यलय र CWIN Nepal को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मनहरी-५ स्थित भोजशिद्द माध्यामिक बिधालयमा प्रतियोगिता भएको थियो ।
वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी बिशिस्ट अतिथी बिधालयका प्रधानाध्यापक महेस कुमार रिजाल रहनुभएको थियो । कार्यक्रममा मनहरी बाल सन्जालका अध्यक्ष आशिष् बुढाथोकी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मनहरी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा लगानी हुनु अत्यावश्यक र गाउँ बाल संजाललाई बिगतका दिनदेखी नै साथ दिएर बाल अधिकारको पक्षमा आवाज उठाउदै आएको बताउनुभयो। ” बालमैत्री सहकर्ता आवस्यकताको कुरा पनि मैले उठाएको छु र सहजकर्ता गाउँपालिकाले छिट्टै राख्छ भन्ने
मलाई बिश्वास छ ” अध्यक्ष अधिकारी भन्न्नुहुन्छ । उहाँले बाल दिवसको दिन वडामा कार्यक्रम हुँदा गर्भ महसुस गरेको र आगामी दिनमा बाल संजालको कार्यक्रममा अझ साथ दिदै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमबारे गाउँ बाल संजाल अध्यक्ष आशिष बुढाथोकीले
बालअधिकारलाई कुनै एक दिवस र नारामा मात्र सिमित गर्नु भनेका छन।` एकदिन ठुला ठुला ठुला स्वरले भाषण गर्दैमा र कराउदैमा आमूल परिवर्तन हुन सक्दैन , यसको लागि स्थानी निकायले बालमैत्री संरचना र व्यवहार निर्माण गर्न अत्यावश्यक छ, बाल सन्जाल अध्यक्ष बुढाथोकीले भौतिक बिकास मात्र बिकास हैन मानवीय पक्षहरूको बिकास पनि बिकासको क्षेत्रमा पर्छ भन्ने कुरा ब्यक्त गरे।

प्रतियोगितामा सहभागी भइ प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई बिभिन्न्न शैक्षिक सामग्री बितरण गरि पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया