२०८१ आश्विन ५
२०८१ आश्विन ५

निर्वाचनमा माैन अवधि घटाउन एमालेकाे आग्रह

काठमाडौं । नेकपा एमालेले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ ।

निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । यसअघि मौन अवधिको समय ४८ घन्टा तोकिएको थियो ।

एमालेले आज आयोगलाई निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ ।

निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारका लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने तथा गलत मनसायले नियतवश निर्वाचनमा बालबालिकाको प्रयोगलाई निषेध गर्नुपर्ने सो पार्टीले सुझाव राखेको छ ।

एमालेले निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने र अनुुमति भन्ने हटाउनुपर्ने सुझाव दिइएको एमालेका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

उनका अनुसार आचारसंहितामा मुख्य प्रचारकको सङ्ख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सूक्ष्म अनुगमन गर्न विशेष एकाइ गठन गर्नुपर्ने सुझाव दिइएको छ ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।