शुन्य समय​

काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ ।

अर्केडमा  बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरेको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

प्रतिक्रिया