शुन्य समय​

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु


हेटौँडा । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
आजै जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । वक्तृत्वकलामा सुशिल घिमिरे द्वितिय तथा शौभाग्य दुतराज तृतिय भए । प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको सेजीका महासचिव सुनिल खनालले बताए ।
कार्यक्रम अन्र्तगत आजै साँझ संविधान दिवससको अवसर पारेर महेन्द्र मावि छतिवनको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम तय भएको उपाध्यक्ष जितेन्द्र दाहालले बताए । कार्यक्रम एकहप्तासम्म चल्ने दाहालले बताए । ८ गते बकैयामा हुने समापन समारोहलाई भब्य बनाईने उनको भनाई रहेको छ ।

प्रतिक्रिया