अनेरास्ववियु मकवानपुरको एक कमिटी पाँच काम अभियान अन्तर्गत आज भीमफेदी गाउँपालिकाको सुपीङ स्थीत श्री महालक्ष्मी माध्यमीक विद्यालयमा प्रारम्भीक कमिटी गठन भएको छ । आज मंगरलवार भएको कमिटी गठनबाट निर्देशिका पुडासैनीको अध्यक्षतामा ३ठ सदस्यीय नयाँ कमिटी बनेको हो । उक्त कमिटीको उपाध्यक्ष दिप्सन पुडासैनी, सचिव ईशा मगर, सहसचिव पुजना पुडासैनी, कृष्ण कुमारी पुडासैनी, अनुसा दोङ, यसोदा पुडासैनी र सन्ध्या पुडासैनी तथा कोषाध्यक्षमा स्वीकृती पुडासैनी चयन भएको अनेरास्ववियु भीमफेदी कमिटी सहसचिव संघर्ष पुडासैनीले बताए ।
कमिटी गठन गर्न अनेरास्ववियु भीमफेदी अध्यक्ष ईशा पाख्रीन, उपाध्यक्ष विशु सुनार र सहसचिव संघर्ष पुडासैनी गएका हुन् ।