शुन्य समय​

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ को समापन असाेज ३० गते , आइतबार ( अाज ) हुँदै छ ।

२५ सय शेयर सदस्यहरु रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप असाेज २७ गते , अन्तर समुह नम्बर १ , २ र ५ ( लाेथर , सुनाचुरी र प्रतापुर ) काे मनहरी गाउँपालिका – ०६ , गुम्बा भवन ( चौकी टाेल ) , सुनाचुरीमा भएको थियो । त्यसैगरी , अन्तर समुह नम्बर ३.१ , ३.२ र ६ ( रमौली , विजौना र मनहरी बजार ) काे मनहरी गाउँपालिका – ०७ , मनकामना मन्दिर , मनहरीमा भएको थियो । त्यस्तै , अन्तर समुह नम्बर ७.१ , ७.२ , ७.३ र ८ ( ज्यामिरे र रजैया ) काे मनहरी गाउँपालिका – ०९ , ऋाषेश्वर प्राथमिक विद्यालय , ज्यामिरेमा भएको थियो ।

शेयर सदस्यहरुको संख्या धेरै भएको कारण पनि वडागतरुपमा साधारण सभा राखिएको संस्थाका प्रबन्धक ज्योति सुवेदीले बताए ।

एकै ठाउँमा एकैपटक सभा गर्दा भीड समायोजन गर्न समेत कठिनाई पर्ने र आर्थिक हिसाब – किताब समेत बुझाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै साधारण सभा सम्बन्धी सहकारीको नियमानुसार नै क्षेत्रगतरुपमा सभा राखिएको उनले बताए ।

समापन सत्रमा भने क्षेत्रगतरुपमा रहेका प्रतिनिधिहरुको मात्रै उपस्थिति रहने र आर्थिक वर्षको आय – व्यय पास गरिने उनले बताए ।

क्षेत्रगतरुपमा गर्दा संस्थाका कर्मचारीहरुलाई कठिनाई पर्ने भएतापनि समग्र शेयर सदस्यहरुलाई अाउने – जाने , सभाका विषयमा बुझ्न समेत कठिनाई पर्ने अवस्थालाई मध्यनजर गरि क्षेत्रगतरुपमा सभा राख्दै आइरहेको पनि उनले बताए ।

असोज २७ गतेदेखि शुरु भएको क्षेत्रगत सभा संस्थाको कार्यालय रहेको मनहरी गाउँपालिका – ०८ , सहकारी चाेकमा असोज ३० गते , आइतबार ( आज ) समापन गर्न लागिएको हो ।

प्रतिक्रिया