२०८१ आश्विन ५
२०८१ आश्विन ५

सिटको बाँडफाँटमा कुरा मिलेन : भोलि फेरी बस्ने

१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् ।

बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् ।

चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए ।

आज सहमति गर्ने भनिएपछि कांग्रेसले बिहान पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकांश नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी नछोडेका हुन् ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

२०७९ भाद्र २९ गते, बुधबार ०७:१६
गजल – संसार अधिकारी

गजल – संसार अधिकारी

२०७९ कार्तिक २४ गते, बिहीबार ११:४९
चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९ गते, मंगलवार २१:०३

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।