शुन्य समय​

बडिगाडमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

बाग्लुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका वडा ंनं ५ दाँगका देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिनुभयो ।

४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी सगैं भिरबाट तल खसेको र घटनास्थलमै ज्यान गएको पाईजाले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्का गरिरहेको छ । शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ ।

प्रतिक्रिया