शुन्य समय​

पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ ।

पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए ।यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरे । सिजनको चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा छ । लेन्सले लोरिएन्टलाई ५-२ ले र मार्सेले क्लोरमोट पुटलाई १-० ले अहराउँदै अपराजित यात्रा कायम राखेका छन् । दुवैले पीएसजी समान १३ अंक जोडेका छन् । तर गोलअन्तरमा लेन्स दोस्रो र मार्से तेस्रो स्थानमा छ ।

प्रतिक्रिया