२०८२ जेष्ठ २३
२०८२ जेष्ठ २३

रविन्द्र मिश्रलाई ओलीले दिए चुच्चे नक्शासहितकाे एक मुठ्ठी सिक्का

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार साँझ ओलीसँग साढे २ घण्टा बिताएका क्षणबारे उनले आज बिहान समाजिक सञ्जालमा जानकारी दिएका छन् ।

चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको भन्दै मिश्रले सिक्काको तस्बिरसमेत राखेका छन् । मिश्रले केपी ओलीको ऊर्जा र लगन अनौठो रहेको भन्दै तारिफ समेत गरेका छन् ।

‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’, मिश्रले उल्लेख गरेका छन् ।

भेटघाटको क्रममा ओलीले आफूलाई दिएको ढाडसबारे मिश्रले उल्लेख गरेका छन्, ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।’

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।