शुन्य समय​

सर्लाही ३ (क) मा कुशवाह र (ख) मा निवर्तमान सांसद यादव बिजयी

सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाह विजयी भएका छन । कुशवाहले १ हजार ४३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरे ।

कुशवाहले १६ हजार ५९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १६६ मत मात्र प्राप्त गरे ।यस्तै तेस्राे स्थानमा देखिएकाे नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेद्वार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३७२ मत प्राप्त गरेका छन ।

कुशवाहलाई केही समय पहिला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले पार्टी प्रवेश गराएका थिए । गठवन्धनका कारण सो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि माओवादी नेता कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यसैगरि (ख) मा जनता समाजवादीका नेता एवं सोहि क्षेत्रका पुर्व मधेश प्रदेससभा सांसद संजय यादव विजयी भएका छन् । यादव १३ हजार १९० मत सहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सरोज रायलाई ४ हजार ८४२ मतले पछि पारे ।

नेपाली कांग्रेसका हरेश महतो ८ हजार ३५ मत सहित तेस्रो स्थानमा रहे । मत गणनाको अधिकांश समय यादवलाई पच्छ्याएका महतो अन्तिम नतिजामा तेस्रो स्थानमा पुगेका हुन् ।

प्रतिक्रिया