२०८२ कार्तिक ४
२०८२ कार्तिक ४

जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम सम्पन्न

थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा थारु कल्याणकारीणी सभा मकवानपुरका सभापती हरिलाल चौधरी, उपसभापती अमिता चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेश चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।