२०८२ जेष्ठ २३
२०८२ जेष्ठ २३

राष्ट्रिय सहकारी बैंक संचालकमा सर्लाहीका बाबुराम घिमिरेको उम्मेदवारी किन ??

हरिवन –  राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिको नेतृत्व चयन अन्तर्गत हुन गईरहेको निर्वाचनमा सर्लाहीका सहकारीकर्मी बाबुराम घिमिरेले पनि उम्मेदवारी दिएका छ्न् ।उनको उमेदवारी परेसगै सहकारी क्षेत्रमा नया तरग आयको छ।सहकारी बैंकलाई अभियान कर्ता घिमिरे जतिको व्यक्ति चाहिन्छ भन्ने जमात बाक्लो छ। घिमिरेलाई सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले साथ दिनुभएको छ।

भोली पुस १६ गते हुने बैंक सञ्चालक समितिको निर्वाचनमा सगुन शिक्षा सहकारी संस्था हरिवनबाट प्रतिनिधित्व गर्दै घिमिरेले सञ्चालक समिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।घिमिरे सगुन शिक्षा सहकारीका संस्थापक अध्यक्ष हुन् । उनले हरिवनमै रहेको सगुन बचत तथा ऋण सहकारीको समेत संस्थापक अध्यक्षको रुपमा करीब २० वर्ष नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा सगुन बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशमा पटक(पटक उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।
घिमिरे सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघको पनि अध्यक्ष हुन् । समाजका हरेक क्रियाकलाप सहकारी मार्फत गर्नुपर्छ भन्ने मान्यताका घिमिरेकै नेतृत्वमा सगुन शिक्षा सहकारी स्थापना भई मधेस प्रदेशकै नमुना मावि तहको सगुन शिक्षा विद्यालय संचालन भईरहेको छ । आफू सञ्चालक समिति सदस्यमा निर्वाचित भए बिचलितमा रहेका सहकारीहरुलाई एकीकरण गर्ने र समस्या ग्रस्त सहकारीहरुको पहिचान गरि त्यसका समाधानका उपायहरु अबलम्बन गर्ने अनि विभिन्न अभियान मार्फत संस्थाहरुको सुढृढिकरण गर्ने जस्ता कामहरु सुरुवात गर्ने घिमिरेको प्रतिवद्दता रहेको छ ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।