शुन्य समय​

वृद्ध भत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट चितवन पुगिन् ९० वर्षीया वृद्धा ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्य कर्ता आउने क्रम सुरु भएको छ।

महाधिवेशनमा विभिन्न जिल्लाहरूबाट नेता कार्यकर्ता तथा वृद्धवृद्धाहरू समेत उत्साहका साथ जम्मा भएका छन्। यसैक्रममा नेकपा एमालेले आफूहरूलाई वृद्धभत्ता दिएको र त्यसको गुन तिर्न भन्दै पर्वतबाट ९० वर्षीया तुलसी पौडेल चिसो जाडो केही नभनी महाधिवे शन स्थलमा भेटिइन्। उनले भनिन्,’एमालेले वृद्धभत्ता दिएकोले महाधिवेशनमा आएर पार्टीले लगाएको गुन तिर्न उत्साह र जाँगरसाथ यहाँसम्म आएकी हुँ।’

२०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको नेकपा एमाले सरकारले ७० वर्ष पुगेका वृद्धवृद्धालाई मासिक १०० का दरले भत्ता दिने व्यवस्थाको सुरुवात गरेको थियो। त्यसपछि एमाले सरकारका पालमा व्यवस्था भएको उक्त भत्ता विस्तार र वृद्धि हुँदै हाल मासिक चारहजार पुगेको छ।

प्रतिक्रिया