२०८१ आश्विन ५
२०८१ आश्विन ५

चिसो बढ्न थालेपछि सिरक डसना सिउनेहरुको ब्यस्तता बढ्दै

लालबन्दी । चिसो बढ्न थालेसँगै सिरक डस्ना बनाउने धुनियाँ (तराईको भाषामा)हरुको ब्यस्तता बढ्न थालेको छ । जाडोमा सिरक डस्नाको खपत बढि हुने भएकाले उनिहरुको ब्यस्तता बढेको हो ।

सहर बजारमा थान कपडा बेच्ने र कपडाको होलसेल पसल गर्नेहरुले अहिले सिरक डस्ना सिउनेहरुलाई सिरक डस्ना बनाउने काममा मात्रै लगाई रहेका छन । सिरक डस्नाको ब्यापारबाट राम्रो फाईदा हुने भएपछि ब्यापारिहरुले निश्चित ज्याला दिएर उनिहरुलाई सिरक डस्ना सिउन लगाईरहेका हुन ।

सर्लाहीको लालबन्दी बजारमा सिरक डस्ना बनाउँदै गरेका मकबुल मन्सुर बिगत १७ बर्षदेखि निरन्तर सोहि पेशामा हुनुहुन्छ । उहाँले अहिले एउटा सिरक वा डस्ना सिलाएबापत एक सय रुपैँया पाउँदै आउनुभएको छ । उहाँले दैनिक एक हजार देखि दुई हजार पाँच सयसम्म कमाउने गर्नुभएको छ । हरिपुर ५ लक्ष्मिपुरका ५४ बर्षका मन्सुर आफुले सिरक डस्ना बनाएरै पक्कि घर बनाएको र १४ जनाको परिवार पालेको बताउनुहुन्छ ।

आफु सिरक डसना सिलाउने पेशाबाट सन्तुष्ट रहेको बताउने मन्सुरको नाति र एक छोरालाई पनि सोहि पेसामा लागेका छन । मन्सुर भन्नुहुँन्छ ‘नपढेपछि अरु कुनै जागीर पाँईदैन, ब्यवसाय गर्न पँुजि छैन ।’ उहाँका दुई छोरा र १८ बर्षका नाति जमिर मन्सुरसम्मले पढेका छैनन् । कार्तिक महिनादेखि फागुनसम्म सिरक डस्ना सिउन ब्यस्त हुने मन्सुर लगाएतका धुनियाँहरु अरु समयमा भने सिरक डस्ना, सिरानी, खोल लगाएतका रेडिमेड कपडाहरु सिलाउन ब्यस्त हुन्छन । कतिपय भने अन्य पेशामा लाग्ने गरेका छन ।

सिरक डस्नाकै लहरमा सिरानि बनाईरहेका २२ बर्षिय नाजिर मन्सुरको गुनासो भने फरक छ । उनि भन्छन् ‘चुनाव आको छ, यो बेलामा सबैजना आउँछन र नमस्कार गर्दै बेरोजगारलाई रोजगारीको ब्यवस्था गर्छौं भन्छन तर जितेपछि उनिहरुलाई देख्न समेत मुस्किल पर्छ ।’

यता पछिल्लो समय गाउँ गाउँमा पुग्ने कपडा पेल्ने मेसिनले आफुहरुलाई समस्यामा पारेको धुनियाँहरुको दुःखेसो छ । गाउँघरमा पुग्ने मेसिनले पुराना कपडाहरु पेल्ने र सिरक डस्ना, सिरानी लगाएतका आवश्यक बिस्ताराका समान बनाउने गरेका छन । जस्ले गर्दा आफुहरुको सिरक डस्ना बनाउने पेशा नै खतरामा परेको डुमडुमे मन्दिर छेउमा डसना बनाउँदै गरेका धुनियाँले बताए ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

२०७९ भाद्र ११ गते, शनिबार ००:२६

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।