शुन्य समय​

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन नगरपालिका वडा नम्बर ११ को आयोजनामा इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मद पैगम्बरको १४९८ औं जन्मजयन्ती `मोहम्मद डे´ (इद मिलादुन्नबी) अर्थात `शुभकामना´ आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा सामाजिक सद्भाव कायम राख्नु पर्ने तर्फ जोड दिएका थिए । बिगत केहिदिन देखि जिल्लामा देखियको समस्या प्रती संकेत गर्दै सद्भाव कतै बाट पनि खल्बलिन नहुनेमा नेताहरुको जोड थियो ।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरु सुरक्षाकर्मी,समाजसेवी ,लगायतको उपस्थिति रहेको थियो
वडा नम्बर ११ को सभा हलमा भएको कार्यक्रम हरिवन नगरपालिका की उप-मेयर हरिमाया घलानको प्रमुक आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता आयोजक हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेष महबुब रेजाले गर्नु भएको थियो ।

प्रतिक्रिया