शुन्य समय​

वारुणयन्त्र प्रयोगका लागी ईश्वरपुर नगरपालिकाले ग¥यो हरिवनसँग सम्झौता

लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकाको स्वामित्वमा रहेको वारुणयन्त्रले ईश्वरपुर नगरपालिकामा पनि सेवा दिनेगरि शुक्रवार सम्झौता भएको छ ।

इश्वरपुर नगरपालिका कार्यालयमा दुई पालिका प्रमुखले नगर क्षेत्र भित्र आगलागीजन्य विपद भएको अवस्थामा अविलम्ब सेवा प्रदान गर्ने सहमती गर्दै सम्झौता समेत गरेका छन । हरिवन नगरपालिकाले ईश्वरपुर नगरपालिकामा सेवा प्रदान गरे वापत बार्षिक ३ लाख रुपैँया लिने गरि सहमति गरेको हो ।

सम्झौता हस्ताक्षर गर्दै हरिवन र ईश्वरपुरका नगरप्रमुख

वडाध्यक्षहरु, ईलाका प्रहरी कार्यालय केशरगंज बयलवासका प्रमुख, दुबै नगरका प्रमुख प्रशासकिय अधिकृतहरु सँगै नगर कर्मचारी, कार्यपालिका सदस्य, दमकल चालकलगाएतको उपस्थितीमा ईश्वरपुर नगरप्रमुख मनोज कुमार आचार्यले हरिवन नगरप्रमुख रमेश बुडाथोकी (कमल)सँग वारुणयन्त्र प्रयोगका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । हस्ताक्षर गरेसँगै ईश्वरपुर नगरपालीकाले हरिवन नगरपालिकालाई पहिलो बर्षको शुल्कमध्ये २ लाख रुपैँयाको चेक समेत हस्तान्तरण गरेको छ ।

सम्झौता पश्चात अब ईश्वरपुर नगर क्षेत्र भित्र आगलागीजन्य विपद भएको अवस्थामा हरिवनको स्वामित्वमा रहेको वारुणयन्त्रले अविलम्ब पुगेर अग्नि नियन्त्रण कार्य गर्ने छ ।

हरेक बर्ष ईश्वरपुर नगरपालिकामा आगलागीजन्य घट्नाबाट लाखौँको धनमाल क्षतिसँगै मानविय तथा चौपायाको क्षति हुने गरेको छ ।

प्रतिक्रिया