२०८२ जेष्ठ २४
२०८२ जेष्ठ २४

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

हेटौंडा,३१ असोज
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।
आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्बार श्रेष्ठले प्रदेशको
राजधानीलाई अझ बिकास गर्न जरुरी रहेको बताउनुभयो ।
नेकपा एमाले विरुद्ध बनेको गठबन्धन जनतालाई सुख हैन दुख दिने नियतले आएको उहाँको थियो । नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक गराउन एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठको जोड थियो । मुलुकमा भैरहेको राजनीतिक षड्यन्त्र रोक्न एमाले नेतृत्वलाई सबै मिलेर स्थापित गराउनु पर्ने भनाई राख्नुभयो। अहिले अर्थतन्त्रको अवस्था कहालीलाग्दो हुँदै गैरहेको भन्दै देशलाई अगाडि बढाउन, अर्थतन्त्र बलियो बनाउन एमालेले जित्नुको विकल्प नभएको प्रस्ट पार्नुभयो ।बिपक्षीहरुले एमले विरुद्ध भ्रम फैलाउन सुरु गरेको भन्दै यसलाई चिरेर योजनाबद्ध ढंग बाट अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एबम हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत,नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाल, इन्द्र नेपाललगायत सहाभागी हुनुहुन्थ्यो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।