२०८१ चैत्र २८
२०८१ चैत्र २८

निर्वाचनमा निष्पक्ष भएर कलम चलाइदिन मुख्य निर्वाचन अधिकृत न्यौपानेको आग्रह

लालबन्दी – सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सञ्चारकर्मीलाई निर्वाचनमा निष्पक्ष भएर कलम चलाइदिन आग्रह गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शनिबार लालबन्दीमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यौपानेले कसैप्रति झुकाव नराखी निष्पक्ष र न्यायापूर्ण ढङ्गले रिपोर्टिङ गर्न सञ्चारकर्मीसँग आग्रह गरेका हुन् । राज्यको चौँथो अङ्गका रुपमा रहेका सञ्चारकर्मीले निष्पक्ष भइ सकारात्मक किसिमले सामाचार प्रकाशन तथा प्रशारण गर्दा समाजमा पनि सकारात्मक सन्देश प्रवाह हुने र त्यसबाट निर्वाचनलाई सफल बनाउन मद्धत पुग्ने मुख्य निर्वाचन अधिकृत न्यौपानेको विश्वास छ ।

उनले मंसिर ४ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहिले आफूहरु रातदिन नभनी तयारीका काममा लागिपरिरहेको बताए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले मतदान केन्द्रमा खटिने कर्मचारीको खटनपटन मिलाउने काममै लागिपरिरहेको जानकारी दिए ।

सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश समेत रहेका न्यौपानेले मंसिर ४ को मतदान र त्यसपछि हुने मतगणनाको निष्पक्षताबारे कुनै शंका नगर्न आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सोही अनुसारको तयारीमा लागिरहेको बताए ।

कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख चन्दन झालगायतको आतिथ्यता रहेको थियो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १० गते, शुक्रबार ०७:०६

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।