शुन्य समय​

राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’

हेटाैंडा- कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितकाे लाेकतान्त्रिक बाम गठबन्धनले मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाकाे आयाेजना गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ बिहीबार राक्सिराङ ३ स्थित सरिखेतमा भेला गरिएकाे हाे ।

भेलामा सहभागी उम्मेदवार तथा दलका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन दलबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध बनी मतदान गर्न आग्रह गरेका थिए । मन र मत मिलाएर गठबन्धनका उम्मेदवार बिजयी गराएमा आगामी दिनका प्रतिगमनकाे खतरा नहुने धारणा नेताहरुले राखेका थिए ।
कार्यक्रममा बाेल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विराेध खतिवडाले मुलुकमा लामाे संघर्षपछि प्राप्त संविधान, गणतन्त्र र संघीयताकाे रक्षाकाे लागि आगामी निर्वाचनमा गठबन्धनलाई विजयी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेले राजतन्त्रका पक्षधर र हिजाेकाे आन्दाेलन दबाउन लागिपर्ने शक्तिसँग अपबित्र गठबन्धन गरेकाे भन्दै साे गठबन्धनले सफलता नपाउने दावी गरे ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी माेक्तानले लाेकतान्त्रिक बाम गठबन्धन मुलुककाे आवश्यकता भएकाे बताइन् । मुलुक परिवर्तनका लागि याेगदान गरेका शक्तिहरु एकठाउँमा आएकाे बताउँदै अब मुलुककाे स्थिरताका साथै विकासले गति लिने दावी गरिन् । गठबन्धनमा बनेका साझा उम्मेदवारलाई मत दिन उनले सबैमा आग्रह गरिन् ।

गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूहरुले गरिब जनताकाे सेवा र न्यायकाे लागि राननीति गरेकाे भन्दै जनताले विश्वास गरेर मन र मत दुवै दिनेमा विश्वस्त रहेकाे बताए । तत्कालीन गठबन्धन दल नेकपाकाे झण्डै दुई तिहाईकाे सरकारले गरिब र निमुखा जनताकाे लागि कुनै पनि काम गर्न नसकेकाे र केपी ओलीकै अहंकारका कारण दलसमेत विभाजन भएकाे स्मरण गर्दै अब जनताले विकास र समृद्धिकाे लागि काम गर्ने नेता खाेजेकाे बताए । वर्तमान व्यवस्थाले पिछडिएकाे चेपाङकाे छाेराेलाई समेत मन्त्री हुने अवसर दिएकाे बताउँदै एमालेकाे हातमा सत्ता गए व्यवस्था नै गुम्ने खतरा हुने उनले बताए । गठबन्धनकाे नेतृत्वमा प्रदेश सरकार बनेपछि छाेटाे समयमै गाउँगाउँमा पूर्वाधार विकास भएकाे भन्दै अबकाे निर्वाचनमा पनि गठबन्धनकै उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेपाली कांग्रेस महासमिति सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि राजकुमार मल्ल,नेकपा माओवादी केन्द्र प्रदेश परिषद् सदस्य वनस्तम थिङ, कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्त मुक्तानकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया