शुन्य समय​

कांग्रेस नेता श्रेष्ठलाई पुनः कारवाहीको सिफारिस

लालबन्दी । नेपाली कांग्रेसको सर्लाही क्षेत्र नं. १ समितिले पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई कारवाहीको सिफारिस गरेको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि श्रेष्ठले क्षेत्रीय कार्य समितिको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा सरिक भएको आरोप लगाउँदै दोस्रो पटक कारवाहीको सिफारिस गरिएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीद्वारा हस्ताक्षरित कारवाहीको सिफारिस पत्र शुक्रवार सर्लाहीको लालबन्दी आईपुगेका पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रकै अनुसशान समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई बुझाइएको छ ।

पत्रमा कात्तिक २३ गते बसेको क्षेत्रीय कार्य समितिको बैठकले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको उल्लेख छ ।

क्षेत्रीय समितिको पत्र बुझ्दै केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले कसैलाई पार्टीको निर्णय विरुद्ध लाग्ने छुट नरहेको र यदी निर्णयको अवज्ञा गरे विधान बमोजिम कारवाही हुने बताउनुभएको छ । ढुंगानाले आफुले समेत श्रेष्ठलाई फोन गरेर सचेत गराईसकेको बताउनुभयो ।

प्रतिक्रिया