शुन्य समय​

मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ कुर्लेमा रहेको वंशगोपाल मा. वि. (प्राविधिक शिक्षालय) ले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको छ । आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको हो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम , द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् ।
विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागिएको प्रधानाध्यापक मगरले बताए । प्र.अ. मगरका अनुसार बिहिबार र शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् । गत वर्षदेखि विद्यालयमा प्राविधिक शिक्षाको पनि पढाई सञ्चालन भईरहेको छ । मकवानपुरगढी गाउँपालीका एक मात्र प्राविधिक शिक्षा पढाई हुने विद्यालय पनि हो ।

प्रतिक्रिया