२०८१ चैत्र ३०
२०८१ चैत्र ३०

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। 

दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।

सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ।
चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।

भूकम्पको केन्द्रबिन्दुबाट २०० किलोमिटर टाढा रहेको चेङ्दुमा भवनहरूसमेत हल्लिएका थिए। 

हालैका वर्षहरूमा चीनको सबैभन्दा घातक भूकम्प सन् २००८ मा ७.९ म्याग्निच्युडको भूकम्प थियो। जसले सिचुआनमा लगभग ९० हजार मानिसको ज्यान लिएको थियो। गत साता मात्र कोभिड संक्रमण फैलिएको भन्दै सिचुआनको राजधानी चेङ्डुका करिब २ करोड १० लाख मानिसलाई घरमै बस्न आदेश दिइएको थियो।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

गजल – संसार अधिकारी

गजल – संसार अधिकारी

२०७९ कार्तिक २४ गते, बिहीबार ११:४९

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।