२०८२ कार्तिक ४
२०८२ कार्तिक ४

दिउँसो गर्मी भएपनि बिहान–बेलुका चिसो

सर्लाहीसहित तराई क्षेत्रमा बिहान–बेलुका चिसो बढ्दै जान थालेको छ ।यहाँ दिनभर भने टन्टलापुर घाम लागेर गर्मी नै महसुस हुन्छ । तर, बिहान बेलुका र रातको समयमा विस्तारै चिसो पस्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन् ।मौसम परिवर्तनसँगै बिहान–बेलुका शीत पर्ने र दिन छोटो तथा रात लामो हुन सुरु भएको छ । चिकित्सकले यो समयमा मौसम परिवर्तनजन्य स्वास्थ्य समस्या बढ्ने भएकाले स्वस्थकर खानेकुरा खान, धुलो धुँवाबाट बच्न, रुघाखोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या देखिए स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन् ।अब धुलो, धुँवाको प्रदुषण विस्तारै बढ्दै जाने भएकाले अझ सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । सर्लाहीमा एक साताअघि २/३ दिन झरी परेको थियो । त्यसपछि भने निरन्तर मौसम उघ्रिएर घाम लागिरहेको छ ।मौसम उघ्रिएकै बेला धान पाकिसकेको किसान धान भित्र्याउन ब्यस्त छन् । अन्य बाली लगाएका किसान पनि आ–आफ्नो खेतीबालीमा संलग्न भइरहेका छन् ।

Picture of Rupesh Raj Pande

Rupesh Raj Pande

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।