शुन्य समय​

भक्तिपुरमा शैक्षिक सुधार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्यको ब्यस्तता बढ्दो छ । ब्यवसायीक घरानाका आचार्य समाजसेवासँगै राजनितिमा प्रवेश गर्दै ईश्वरपुर नगरको नगरप्रमुखको रुपमा चयन भए ।

नगरप्रमुख भएसँगै नगरवासिको दुःख, कष्ट, समस्या र गुनासाहरुको समाधान र ब्यवस्थापनमा जुटिरहेका आचार्य हरेक दिन नगरभित्रका कार्यक्रम र नगरवासिसँगै ब्यस्त रहन्छन । नगरप्रमुख हुनुभन्दा अघिदेखि नै जुनसुकै ठाउँ र जस्तोसुकै परिस्थितीमा पनि समाजसेवाका लागी तत्पर रहने आचार्यको त्याग र सेवा देखेर नगरवासिसमेत दङ्ग परेका छन ।

नगरपालिका भित्रका कृषक, किसान, बिद्यालय, खेलकुद, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रको बिकाशका लागी योजना निर्माण गर्दै बिभिन्न कार्यक्रम गरिरहेका मेयर आचार्यले नगरपालिका कार्यालयको ब्यवस्थापनसमेत सभ्य ढंगबाट गरेका छन । नगर प्रमुखको ब्यवहार, ब्यवस्थापकिय क्षमता र कार्यकुशलताबाट प्रभावित भएका कर्मचारीहरुले समेत आचार्यको तारिफ गर्ने गरेका छन ।

शनिवार मेयर आचार्यको सक्रियतामा शैक्षिक सुधार अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । ईश्वरपुर नगरपालिका ३ भक्तिपुरमा रहेको सरस्वति माध्यमिक बिद्यालय प्राङ्गणमा कार्यक्रम गरिएको हो । ‘आउनुभयो हाम्रो मेयर, गर्नुहोस तपाईंको भावना शेयर, हरेक बिद्यालयमा पुग्नेछौँ हामि, आफ्नै कर्तव्य हो भनि ठानी’ नारासहित अबको पालोे शिक्षाको भन्दै कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मेयर आचार्यले बिद्यार्थीको कुरा सुनेका थिए भने आफ्नो अनुभव सुनाएका थिए ।

प्रतिक्रिया