शुन्य समय​

जापानका प्रधानमन्त्री किसिदालाई काेराेना पुष्टि

एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ ।

प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । 

खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानको कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई प्रभावित बनाएको छ ।

जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।  
 

प्रतिक्रिया