२०८१ मंसिर १८
२०८१ मंसिर १८

म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

काठमाडौं ।अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र आफू सबैभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक भएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलालाई सम्बोधन गर्दै शर्माले त्यस्तो बताएका हुन्।

आलोचनाले पनि पार्टी नीति र नेतृत्वको रक्षा हुने भन्दै उनले अखिल क्रान्तिकारीको नेतृत्वप्रति पनि आलोचक बन्न विद्यार्थीलाई सुझाए । सबभन्दा बढी आलोचकसँगै आफू नेतृत्वको रक्षामा पनि उत्तिकै भूमिकामा रहेको भन्दै पार्टीभित्रको बढ्दो अराजकतालाई नियन्त्रण गर्नुपर्ने बताए।

अखिल क्रान्तिकारीको अर्को एउटा समूहले समानान्तर गतिविधि गरिरहेकोतर्फ इंगित गर्दै शर्माले पार्टी नेतृत्वले लाइदिएको कुरा सुन्नेभन्दा सत्य कुराको आधारमा धारणा बनाएर चल्नुपर्ने बताए ।

उनले अखिल क्रान्तिकारीभित्र अराजक गतिविधिलाई पार्टीले छुट दिन नहुने बताए । क्रान्तिकारीका नेता पवन कार्की नेतृत्वको असन्तुष्ट समूहले मंगलबार रिभोलुसनरी फोर्स घोषणा गरेको थियो । शर्माले अखिल क्रान्तिकारीलाई वैज्ञानिक सीपयुक्त नि:शुल्क शिक्षा, द्वन्द्वात्मक भौतिकवादी शिक्षालगायतलाई एजेन्डा बनाएर चुनाव र संगठन विस्तारमा केन्द्रित हुन निर्देशन पनि दिए ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ६ गते, सोमबार ०१:०४
आज दर खाने दिन

आज दर खाने दिन

२०७९ भाद्र १३ गते, सोमबार ००:५८

ताजा अपडेट

सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।