२०८२ जेष्ठ २४
२०८२ जेष्ठ २४

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग


हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।
२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।
नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’
करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।