२०८१ आश्विन ५
२०८१ आश्विन ५

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

 एजेन्सी : फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।

उद्घाटन सत्रमा कतारी संस्कृतिसहितको झाँकी प्रस्तुत गरिएको थियो । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले औपचारिक सम्बोधनसहित विश्वकपको उद्घाटन गर्नुभयो ।

४० मिनेट चलेको उद्घाटन सत्रमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल कुबाइसीको प्रस्तुतिले उद्घाटन सत्रलाई तताएको थियो ।

उद्घाटन अवसरमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक देश र कतार विश्वकपका स्वयंसेवकको प्रतिनिधित्व सहितको प्रस्तुति देखाइएको थियो । प्रसिद्ध कलाकार मोर्गन फ्रिम्यान तथा स्थानीय कलाकार घनीम अल मुफ्ता र दानाले आशा, एकता र धैर्यताबारे फरक पस्तुति दिनुभएको थियो । 

उद्घाटन समारोहमा कतार विश्वकपको छुट्टै मस्कट पनि सार्वजनिक गरिएको थियो । कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि विश्वकप सफल पार्न पूर्वाधार लगायत क्षेत्रमा ठूलो लगानी गरेको थियो ।

जसका लागि कतारले सातवटा अत्याधुनिक नयाँ रंगशाला, होटल, सडकलगायत पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको थियो । हालसम्मकै सर्वाधिक धेरै लगानी भएको विश्वकपका लागि कतारले दुई खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

कतारले उद्घाटन समारोहमा स्टेडियमको तापक्रम औसत २५ डिग्रि सेल्सियसमा सीमित राख्ने प्रविधिको समेत जडान गरेको छ । मध्यपूवी एसियाले पहिलो पटक विश्वकप आयोजना गरेको हो ।

यसअघि सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेका थिए । कतार विश्वकपमा दुई सय ११ देशबाट छनोट भएका ३२ टोलीको सहभागिता रहेको छ ।

कतारले आयोजकको हिसावले सहभागिताको मौका पाएको हो । विश्वकपमा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । सहभागी टोलीबीच फाइनलसम्म कूल ६४ खेल हुनेछन् ।

कतार विश्वकपको विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपियाँ) पुरस्कार पाउनेछ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।

विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पार्नेछ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने छ ।

यस्तै उपविजेताले ३० मिलियन अमेरिकी डलर, तेस्रो हुनेले २७ मिलियन अमेरिकी डलर र चौथो हुनेले २५ मिलियन अमेरिकी लडर पुरस्कार पाउनेछन् । 

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०७९ श्रावण २९ गते, आईतवार १३:५४
धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

२०७९ भाद्र १० गते, शुक्रबार १०:१६

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।