शुन्य समय​

नेपाली चलचित्र ‘ के घर के डेरा ’ आजदेखि देशभर प्रदर्शन हुँदै

निराज रानाभाट , काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘ के घर के डेरा ’ कार्तिक ०४ गते , शुक्रबार ( अाज ) देखि देशभर प्रदर्शन हुँदै छ । चलचित्रका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् ।

फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । यस्तै , वान सिनेमाजले ६ , रञ्जना सिनेप्लेक्सले ४ , बिग मुभिजले ३ , आईएनआई सिनेमाजले ६ , बिएसआर मुभिजले ३ , एफक्युबले ३ शो दिएको छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा दयाहाङ राई , सुरक्षा पन्त , विपीन कार्की , वर्षा राउत , रवीन्द्र झा , लक्ष्मी गिरी , कोसिस क्षेत्री , अशान्त शर्मा , प्रभाकर न्यौपाने , सरोज अर्याल , भोलाराज सापकोटा , घनश्याम जोशी , आयुषा ढकाल लगायतको अभिनय छ ।

सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत , दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् , भने निर्मातामा शरद श्रेष्ठ , राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया