२०८२ भाद्र १६
२०८२ भाद्र १६

राक्सिराङमा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बानियाँको डोजर अभियान

हेटौंडा । मकवानपुरको पस्चिमी क्षेत्र राक्सिराङ गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बानियाँको डोजर अभियान सुरु गर्नु भएको छ । मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले निर्वाचन आचारसंहिता विपरित चुनाबको मुखैमा सडक निर्माण गर्नका लागि डिजेल सहयोग गर्नु भएको छ ।

पहिले पनि यही क्षेत्रको जनप्रतिनिधी हुँदा समेत बिकासका काममा कुनै काम नगर्ने, ठुला ठेक्का लिन मात्र तम्सिने अहिले निर्वाचन आइसकेपछी सडक निर्माण गर्न आचार संहिता विपरितका काम गरेको प्रति स्थानीय वासिन्दाहरुले बिरोध जनाएका छन् ।

बानियाँले राक्सिराङ–८ मैसिराङको बाटो मर्मतको लागि १५० लिटर र राक्सिराङ–५ बुखुमको लागि ५० लिटर गरि २०० लिटर डिजेल उपलब्ध गराएर सडक निर्माणको काम गरिरहनु भएको नेपाली कांग्रेसका यस क्षेत्रका कार्यकर्ता महेश चेपाङले आफ्नो फेसबुक पेजमा तस्बिर र भिडियो सहित पोष्ट गर्नु भएको छ । इन्द्र बानियाँ डिजेल उपलब्ध गराउने र गाउँपालिकाले मेसिन सहयोग गरेर काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कांग्रेसका उम्मेदवार बानियाँलाई सहयोग गर्दै लोडर समेत उपलब्ध गराइएको स्थानीय वासिन्दाहरु बताउँछन् । यसै विषयमा प्रतिक्रिया लिनका लागि उम्मेदवार बानियाँ र गाउँपालिकाका अध्यक्ष मल्लसंग फोन गरेर प्रतिक्रिया लिन खोज्दा दुवै जनाको फोन उठेन । निर्वाचन आयोगले आचार संहिता विपरित काम गरेको पाइएमा उम्मेदवारी समेत खारेज गर्ने चेतावनी दिएको छ ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।