शुन्य समय​

महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस सम्पन्न

१९ औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस हरिवन नगरपालिकाले भव्यताका साथ सम्पन्न गरेको छ । पालिकाको स्वास्थ्य तथा मानव विकास शाखाको आयोजनामा दिवस मनाइएको हो ।

नगरपालिका को कार्यालयमा नगर स्वास्थ्य तथा मानव विकास शाखाका प्रमुख शशिकान्त मिश्रको अध्यक्षता तथा नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाकी सिनियर अनमी निरीक्षक लक्ष्मी आचार्यले गरेकी थिईन् भने स्वागत मन्तव्य नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले राखेका थिए ।

`महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यवद्धता ´भन्ने नारासहित हरिवन नगरपालिकाको वडा नम्बर ११ को कार्यालयमा भेला भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले नयाँ नगरपालिकासम्म ब्यानरसहित ¥याली गरेका थिए । ¥यालीमा उपमेयर घलानसहित वडा नम्बर ११ का वडाअध्यक्ष शेख मेहवुव रेजा तथा अन्य जनप्रतिनिधिसमेत सहभागि थिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर घलानले महिला स्वास्थ्य स्वयमसेविकाहरुको अथक मेहनतका कारण नै हरिवनमा स्वस्थ्य क्षेत्रमा उल्लेख्यनीय परिवर्तन भएको बताइन । साथै स्वास्थ्यको जग नै महिला स्वास्थ्य स्वयमसेविका भएकोले राज्यले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । यसैबीच दिवसकै अवसरमा हरिवनका १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । नगरभित्रका अत्रौली, घुर्कौली, सासापुर र हरिवन गरी ४ ओटै स्वास्थ्य चौकी अन्तर्गतका उत्कृष्ट कार्यसम्पादन गर्ने तीन÷तीन जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया