अत्याधिक चिसो बढेपछि हरिवन उद्योग वाणिज्य संघको पहलमा सशस्त्र प्रहरीलको सहकार्यमा ठाउँठाउँमा दाउरा वितरण गर्न थालेका छन् । चिसोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछी वाणिज्य संघले आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गर्न सुरु गरिएको संघका अध्यक्ष प्रयाग राज पोतेले बताएका छन् ।
तराई क्षेत्रमा विगत दश दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि संघले बालगंगा सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
बजारको मुख्य चोक-चोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय ब्यापारी दिनेश केसी बताउँछन् ।