२०८१ आश्विन ५
२०८१ आश्विन ५

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न बस भेटिएको छ, न त्यसमा सवार कम्तीमा ४८ यात्रुको उद्दार हुन सकेको छ ।भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले गयो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुल्यो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।

बसमा रहेका तीन जना नदीमा पौडिएर बाच्न सफल भए । उनीहरूले दिएको सूचनाका आधारमा बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लगेन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार साँझ करिब ६ बजे उद्दार कार्य स्थगित भयो ।

उद्धार टोलीले अब भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ । ‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा जोखिम पनि हुने भयो’, डीआईजी न्यौपानेले भने, ‘घटनास्थलबाट ३–४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन । त्यहाँ खटिएका सबै उद्धार टोली फर्किइसकेका छन् ।

कम्तीमा ४८ जना त्रिशूली नदीमा बेपत्ता विकास रोकामगर नारायण अधिकारी विकास रोकामगर, नारायण अधिकारी २०८१ असार २८ गते २१:४३२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न बस भेटिएको छ, न त्यसमा सवार कम्तीमा ४८ यात्रुको उद्दार हुन सकेको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले गयो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुल्यो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।बसमा रहेका तीन जना नदीमा पौडिएर बाच्न सफल भए ।

उनीहरूले दिएको सूचनाका आधारमा बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लगेन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार साँझ करिब ६ बजे उद्दार कार्य स्थगित भयो ।उद्धार टोलीले अब भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ ।

नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा जोखिम पनि हुने भयो’, डीआईजी न्यौपानेले भने, ‘घटनास्थलबाट ३–४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन । त्यहाँ खटिएका सबै उद्धार टोली फर्किइसकेका छन् ।’निरन्तरको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बेपत्ता बस र यात्रु खोज्न हिँडेका गोताखोरसहितको सुरक्षाकर्मीलाई पनि घटनास्थल पुग्नै हम्मेहम्मे परेको थियो ।

न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । हराएको बस खोज्न रड, चुम्बक पनि प्रयोग गरिएको थियो । तर साँझसम्म बसको पर्दा जस्तो देखिने कपडा बाहेक केही भेटिएको छैन ।नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना भएर त्रिशूलीमा बस खसेको यो पहिलो पटक होइन, यसअघि पनि पटकपटक त्रिशूली किनारमै धैरे दुर्घटना भइरहन्छन् ।

सशस्त्रका १२ जना गोताखोरसहित ७० जना, नेपाली सेनामा ५ जनासहित ७४ वटा नेपाली सेना, नेपाल प्रहरीलगायतको ठूलो टोली बिहानैबाट त्रिशूलीमा बेपत्ता बस खोजी कार्यमा लागे पनि फेला पर्न सकेन ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।