२०८२ जेष्ठ ६
२०८२ जेष्ठ ६

बाल दिवसको अवसरमा सडक नाटक तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही

महादेव जनता मावि हरिवनले (आज) शुक्रबार लागुपदार्थ दुर्ब्यसन तथा सामाजिक संजालको दुरुपयोग बिरुद्ध सचेतना मुलक नाटक साथै हरिवन नगर प्रभातफेरी र म्युजिकल चेयर रेस प्रतियोगिता गरी बाल दिवस मनाएको छ ।


महादेव बाल क्लब तथा महादेव जनता माविको संयुक्त आयोजना साथैं महादेव जनता मावी नर्स शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ नाराका साथ बालबालिका माथि हुने बाल हिंसा तथा दुर्ब्यवहारको अन्त्यको लागि यस कार्यक्रम गरिएका बालक्लवका स्रोत शिक्षक डिसन कार्कीले जानकारी दिए । शिक्षक डिल्लीरमण भट्टराईले निर्देशन गरेको सडक नाटकलाई विद्यालयको विद्यार्थी भाइबहिनीहरुले सगुन सहकारीको भवन अगाडी प्रस्तुत गरेका थिए ।


बाल दिवसको अवसरमा भएको कार्यक्रममा महादेव बाल क्लबको अध्यक्ष सरस्वती साहको सभाध्यक्षता रहेको र विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कार्की र समिती सदस्य कुल बहादुर थपलियाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष प्रज्वल ढुंगाना र हरिवन नगर स्वास्थ्य प्रमुख राम बाबू चौधरी, बगमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, स्वास्थ्यकर्मी श्याम कुशवाहा लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।


उक्त अवसरमा बालक्लबका अध्यक्ष सरस्वती साहले कुनैपनि बालबालिका शोषण र पढाइबाट बन्चित हुनु नपरोस् भन्ने कुरा बताएका थिए । उनले उक्त कार्यक्रममा सामाजिक संजालको दुरुपयोग गर्नाले समाजमा नकरात्मक असर पर्ने बताएका छन् ।


कार्यक्रममा हरिवन माविमा संचालित एनसीसी ट्रुप्स र स्काउट ट्रुप्सले सहभागिता जनाउनुका साथै प्रभातफेरि र सडक नाटकको लागि सहजीकरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक गिरिराज रानाले बताएका छन् ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

२०७९ भाद्र १९ गते, आईतवार १२:१८
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।