शुन्य समय​

सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

सर्लाही–३ मा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत मात्रै ल्याए ।

प्रतिक्रिया