२०८२ कार्तिक ४
२०८२ कार्तिक ४

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।

अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।

बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए।

एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नुपर्छ।

इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत अक्टोबर १ मा सान्टिएगोले आफ्नो परिवारसँग कुरा गरेका थिए। पछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका आमाबुवाले स्पेनको विदेश मन्त्रालयमा छोराका बारे जानकारी लिइदिन अनुरोध गरेका थिए।

अहिले उनकी आमाले आफ्ना छोरालाई इरानमा सुरक्षाकर्मीले पक्राउ गरेर राखेको र उनको अवस्था सामान्य रहेको जानकारी पाएको बताएकी छन्।

इरानस्थित स्पेनका राजदूतले सान्टिएगोलाई भेट्न दिन इरानी अधिकारीहरूलाई अनुरोध गरेको उनले बताइन्।

इरानी अधिकारीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।