श्रीमानको जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत हरिवन वडा नं. ८ मा रहेको श्री चुरे जनता अधारभुत विद्यालयका शिक्षिका अर्चना लुइँटेले आफ्नो विद्यालयका अध्ययनरत विद्यार्थीहरूलाई न्यानो टोपी वितरण गरिएको छ। चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा सहजता होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। न्यानो लुगा प्राप्त गरेपछि विद्यार्थीहरू खुशी देखिन्थे। कार्यक्रमका आयोजकले जन्मदिनलाई खर्चिलो उत्सवभन्दा पनि समाजसेवामूलक कार्यमार्फत मनाउनु अर्थपूर्ण हुने बताउनुभयो।
विद्यालय प्रशासनले यस्तो सहयोगले विद्यार्थीहरूलाई ठूलो हौसला मिल्ने भन्दै धन्यवाद व्यक्त गरेको छ।