शुन्य समय​

सव डिभिजन वन कार्यालय भीमफेदीले गर्यो बजार एरिया सरसफाइ

भीमफेदी । डिभिजन वन कार्यालय मकवानपुर अन्तरगत सव बन डिभिजन कार्यालय भीमफेदीको आयोजनामा भीमफेदी बजार एरियामा आज सरसफाई सम्पन्न गरेको छ । भीमफेदी गाउँपालिका वडा नं. ६  अध्यक्ष सोम बहादुर घलानको प्रमुख अतिथि तथा बन कार्यालय प्रमुख रेञ्जर सतिश दाहालको संयोजकत्वमा डेङ्गु तथा अन्य रोगहरु नलागोस् र वातावरण संरक्षणकोलागी सरसफाई कार्यक्रम आयोजना गरिएको हो।

मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भिमफेदीको भीमफेदी गाउँपालिकामा २०७९/०६/२८ गते सम्म ३८ जना लाई डेंगू संक्रमण भएको तथ्याङ्क रहेको छ।
स्वास्थ्य केन्द्रमा दैनिक ५/७ जना बिरामी डेंगुका लक्षण भएका बिरामी आउँछन् जसको परिक्षण गर्नै उपकरण छैन। गाउँपालिका स्वास्थ्य शाखाले परिक्षण किट उपलब्ध गराउनु पर्ने स्वास्थ केन्द्रको सिनियर अहेब सुनिल कुमार झाले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सहकारी प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया