शुन्य समय​

गोपालिहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउछु–महेश बर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालिहरुको संस्कृति जगर्ने गर्दै पर्यटन ल्याउन आवस्यक भुमिका खेल्ने बताउनु भएको छ । थाहानगरपालिका वडा नम्बर– १ कुन्छालमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बताउनुभयो ।

यसभेगमा रहेका सार्बजनिक बिधालयको शैक्षिक गुणस्तर सुधार गरेर बालबालिकाहरुलाई टेक्निकल शिक्षा प्रदान गर्न आफू लागि पर्ने बताउनुभयो । इन्द्रसरोबर देखि थाहा नगर जोड्ने कुन्छाल कलंकी सडक अझै अव्यवस्थित रहेकोले आफुले सुधार तथा स्तरिकरण गर्ने बताउनुभयो । मुलाबारी पर्यटकिय पार्क निर्माण गरेर यहाँ आउने पर्यटकलाई भुलाउने र यहाको जनताको आर्थिक स्तर वृद्धि गर्ने बताउनुभयो ।

कृषि पशुको व्यवसायीक परियोजना लेराउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउदै युवा स्वरोजगारी सिर्जना गर्न आफुले योजना बनाएर काम गर्ने बताउनुभयो । यो क्षेत्र तरकारिको लागि पनि चिनिने भएकोले तरकारी फल्ने खेत कुनै पनि सिमेन्टेड हुनेमा चिन्ता व्यक्त गर्दै उब्जनिहुने खेतबारिमा खेती गर्ने बाताबरण आफुले बनाउने बताउनुभयो ।

कार्यक्रममा एमालेका तफृबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले प्रदेश सभाको उम्मेदवार हुंदा रुपचन्द्र पछाडी पहिलो पल्ट थाहाले साँसदको टिकट पाएको बताउदै सबै थाहाबासिले सुर्यमा मतदान गर्नुपर्ने बताउनुभयो । संघमा उठेको महेश बर्तौला नामटारको स्थानिय र आफू पालुङ्गको स्थानीय भएको बताउदै यश भेगका जनता संग निरन्तर जोडिएर सेवा गर्नेमा निशंकोच बिश्वास गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया